काठमाडौं । बजाज मोटरसाइकलको आधिकारिक विक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले ‘बजाज ग्रान्ड कार्निभल’ योजना ल्याएको छ । कम्पनीले मंगलबारदेखि भृकुटीमण्डपमा ‘बजाज ग्रान्ड कार्निभल’ सञ्चालनमा ल्याएको हो । वैशाख २१ गतेसम्म आयोजना हुने कार्निभलमा ग्राहकहरूले २० भन्दा बढी भ्यालुएटर्सहरूबाट ग्यारेन्टीका साथ उच्चतम भ्यालुयसन, अन द स्पट फाइनान्स तथा निःशुल्क एसेसोरिज पाउने कम्पनीले जनाएको छ । साथै, यसअघि मोटरसाइकल खरिद गर्दा हुने झन्झटिलो प्रक्रियाजस्तै घर जग्गाको लालपुर्जा, पानी वा बिजुलीको बिल, आफ्नो आयस्रोतको सर्टिफिकेटलगायतका विभिन्न कागजात आवश्यकतालाई यो योजनाले सरल बनाउनेछ । किस्ताबन्दीमा किन्न चाहने ग्राहकले एक घण्टाभित्रै ऋण पास गरेर नौ दशमलव ९९ प्रतिशत सुलभ व्याजदरमै सरल फाइनान्समार्फत यो सुविधा पाउन सक्ने जनाइएको छ ।
साथै, कार्निभलमा ग्राहकहरूको लागि गेम जोन, टेस्ट राइड पनि रहेको छ । यो नेपालको बृहत् ठूलो मोटरसाइकल एक्सचेन्ज योजना रहेको कम्पनीले जनाएको छ । यस योजनाअन्तर्गत ग्राहकहरूले बजाजका मोटरसाइकलहरू ग्राहकहरूलाई आफ्ना पुराना बाइकहरूको उच्चतम् मूल्याङ्कन प्राप्त गरेर बजाजका आकर्षक नयाँ मोडेलहरू लैजाने अवसर प्रदान गर्नेछ ।