भक्तपुर । जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले मध्यपुर थिमी नगरपालिका-५ चपाचोस्थित सिन्धुली मरिण गाउँपालिका घर भएका ४२ वर्षीय फुर्वा थिङको खाजा पसलमा जुवातास खेलिरहेको अवस्थामा नगद ५९ हजार ५ सय ५० रूपैयाँ र ५ बुक तास सहित फुर्वा समेत १० जनालाई बिहीबार दिउँसो पक्राउ गरेको छ ।
यसैगरी काठमाडौं कोटेश्वर बस्ने नुवाकोट तादी गाउँपालिका-३ घर भएका ३२ वर्षीय सुजन दाहाल समेत ३ जनालाई मध्यपुर थिमी नगरपालिका-१ लोकन्थलीस्थित खाजा पसलमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले बिहीबार साँझ पक्राउ गरेको छ । उनीहरूलाई नगद ६३ हजार ५ सय रूपैयाँ र ९ बुक तास सहित प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।