काठमाडौ । स्मार्टफोन ब्रान्ड रियलमीले प्रिमियम स्मार्टफोनलाई नेपालभरका प्रयोगकर्ताका लागि थप पहुँचयोग्य बनाउन इन्स्टान्ट फाइनान्स योजना ल्याएको छ ।
यस योजनाअन्तर्गत प्रयोगकर्ताहरूले केवल आफ्नो नागरिकता प्रमाणपत्र पेश गरेर विनाझन्झट सजिलो र सुविधाजनक मासिक किस्तामा रियलमी स्मार्टफोन किन्न सक्नेछन् । रियलमीको यस योजनामा गुडविल फाइनान्स लिमिटेड र जगदम्बा हायर पर्चेजले प्रयोगकर्तालाई थप सुविधा सम्पन्न स्मार्टफोनहरू सजिलैसँग प्राप्त गर्ने अवसर प्रदान गरेको छ । यो योजनाअन्तर्गत, प्रयोगकर्ताले रियलमीका लोकप्रिय मोडलहरू छनौट गर्न सक्नेछन् । ३३ हजार नौ सय ९९ रुपैयाँ मूल्य रहेको नार्जो ७० प्रो १३ हजार पाँच सय ९९ रुपैयाँको डाउन पेमेन्टमा र एक हजार छ सय ९९ रुपैयाँको मासिक किस्तामा उपलब्ध रहेको छ ।
त्यस्तै, थप बजेट–अनुकूल विकल्प खोज्नेहरूका लागि रियलमी सि७५ (८+१२८जीबी स्टोरेज) २६ हजार नौ सय ९९ रुपैयाँमा उपलब्ध छ । यसमा १० हजार सात सय ९९ रुपैयाँको डाउन पेमेन्ट र एक हजार तीन सय ४९ को मासिक किस्तामा उपलब्ध छ । त्यसैगरी वैकल्पिक रूपमा आठ जीबी र्याम र दुई सय ५६ जीबी स्टोरेज भएको सि७५ २९ हजार नौ सय ९९ रुपैयाँमा खरिद गर्न सकिन्छ । यसको डाउन पेमेन्ट ११ हजार नौ सय ९९ रुपैयाँ र मासिक भुक्तानी केवल एक हजार चार सय ९९ रुपैयाँ मात्र हुन्छ । विशेषगरी यो योजना पूर्ण रकम अग्रिम भुक्तान नगरी अत्याधुनिक सुविधा भएको स्मार्टफोन खरिद गर्न चाहने युवा प्रयोगकर्ताहरू, विद्यार्थीहरू र पहिलोपटक स्मार्टफोन खरिदकर्ताहरूका लागि उपयुक्त रहेको छ ।