काठमाडौं । नेपाल एसबीआई बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सर्लाही जिल्लाको हरिपुर नगरपालिका वडा नं ७ का मुसहर समुदायलाई लक्षित गरी अत्यावश्यक तथा शैक्षिक सामग्री वितरण गरेको छ । बैंकका मधेश प्रदेश प्रमुख, उदय पञ्जियार थारुले समुदायका ५० परिवार तथा बालबालिकाहरूलाई एक कार्यक्रमका बीच औपचारिकरूपमा उक्त सामग्रीहरू हस्तान्तरण गरेका थिए । सो कार्यक्रममा हरिपुर नगरपालिकाका प्रमुख गोपाल पजियार, बैंक तथा नगरपालिकाका अन्य उच्च पदाधिकारी समेतको उपस्थिति रहेको थियो । बैंकले विपन्न तथा पिछडिएका वर्गहरूमा यस किसिमको कार्यक्रम समयसमयमा गर्दै आइरहेको छ ।
बैंकले विगत ३१ वर्षदेखि बैकिङ सेवा प्रदान गर्दै आइरहेकोे जानकारी दिएको छ । हाल बैंकका एक सय वटा शाखा, २२ एक्स्टेन्सन काउन्टर, २२ शाखारहित बैंकिङ, सात वटा प्रादेशिक कार्यालय, एक सय २५ एटीएम र एउटा कर्पोरेट कार्यालय सञ्चालनमा रहेको बैंकको भनाइ छ ।