काठमाडौं । नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघको अध्यक्षमा उमाकान्त शर्मा निर्वाचित भएका छन् । हालै काठमाडौंमा सम्पन्न छैटौं साधारणसभा तथा तेस्रो अधिवेशनले शर्माको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो ।
महासंघको वरिष्ठ उपाध्यक्षमा सुरेश खत्री, प्रथम उपाध्यक्षमा वसन्तप्रसाद भुसाल, द्वितीय उपाध्यक्षमा सुनिल थापा, तृतीय उपाध्यक्षमा जयबहादुर साउद र महासचिवमा मेजर शमशेर कुँवर महेश निर्वाचित भए । उपमहासचिवमा यादवलाल श्रेष्ठ, सचिवमा निश्चल पोखरेल, शेरबहादुर कुँवर, कोषाध्यक्षमा खिन्त बहादुर भण्डारी (भरत) र सहकोषाध्यक्षमा दानबहादुर बोगटी निर्वाचित भएका छन् । त्यसैगरी बागमती प्रदेश प्रमुखमा प्रभुराम श्रेष्ठ, गण्डकी प्रमुखमा अमृत घिमिरे, लुम्बिनी प्रदेश संयोजकमा चक्रपाणि शर्मा, सुदूरपश्चिम प्रदेश प्रमुखमा लोकबहादुर बलायर निर्वाचित भएका छन् ।
त्यस्तै, कार्यसमिति सदस्यहरूमा डिल्लीबहादुर डाँगी, ऐनबहादुर राउत, भरतबहादुर शाह, बमबहादुर खड्का, लक्ष्मण साउद, कमलप्रसाद श्रेष्ठ, दानसिंह बठैला, भीमसेन क्षेत्री (भिम केसी), बामदेव पौडेल, धरसमान तामाङ, दिनेश सापकोटा, बालकृष्ण कोइराला, राजेशकुमार गुप्ता, श्रीदेव कापरी, सुरेश गौतम, भोजकुमार श्रेष्ठ, श्रीबहादुर कुँवर, दिपक पाण्डे, खड्गबहादुर कार्की, निलबहादुर श्रेष्ठ, पंकज अधिकारी, रामचन्द्र प्रधानाङ्ग, अरुण शर्मा, सञ्जीव देउजा, वसन्तकुमार श्रेष्ठ, शालिग्राम श्रेष्ठ, खेमराज आचार्य, प्रकाश गौतम, सञ्जीव कार्की र लक्ष्मण बुढाथोकी सर्वसम्मत निर्वाचित भएका छन् । निवर्तमान अध्यक्ष प्रेमलाल श्रेष्ठ पदेन सदस्य हुनेछन् ।
नवनिर्वाचित अध्यक्ष शर्माले महासंघलाई देशभर विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । पद तथा गोपनियताको सपथ ग्रहणसँगै उनले आफ्ने प्रतिबद्धता व्यक्त गर्दै देशभरका हेभी इक्विपमेन्ट व्यवसायीलाई महासंघको छातामा समेट्ने बताए । ‘हेभी इक्विपमेन्ट व्यवसायीहरूको हकहितमा निरन्तर काम गर्नेछौं,’ उनले भने, ‘हामी कार्यतालिका बनाएर कार्यक्रमहरू अगाडि बढाउनेछौं ।’ कार्यक्रमको उद्घाटनका अवसरमा चित्रकारसहित विभिन्न व्यक्तिहरूलाई सम्मान गरिएको थियो ।