पर्सा । सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका-१ घर भएका २९ वर्षीय सुजन लामा (पासाङ तामाङ)लाई मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी ईनरुवाबाट खटिएको प्रहरीले तामाङ र एक युवतीलाई वीरगंज महानगरपालिका-१६ शंकराचार्य गेटस्थित सडकबाट भारतरतर्फ जान लागेका बेला आफन्त नेपालका कर्मचारी समेतको उपस्थितिमा नियन्त्रणमा लिएको थियो ।
वीरगंजस्थित कपडा कारखानामा राम्रो आम्दानी हुने काममा लगाईदिने प्रलोभनमा पारी तामाङले ती युवतीलाई बेचबिखन गर्ने उद्देश्यले भारततर्फ लैजाँदै गरेको थप अनुसन्धानको क्रममा खुल्न आएको छ ।