काठमाडौं । नागार्जुन नगरपालिका-३ रातामाटे बस्ने सन्तोष माझीको हत्या भएको छ । सिन्धुली फिक्कल गाउँपालिका-५ घर भएका ४५ वर्षीय माझीको उनकै भान्जा पर्ने सोही ठाउँ बस्ने २८ वर्षीय सुरज तामाङलाई हत्या गरेको अभियोगमा शुक्रबार प्रहरीले पक्राउ गरेको हो । प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले सुरजले फलामको पाइप प्रहार गर्दा सन्तोषको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ उनलाई पक्राउ गरेको थियो ।