सर्लाही । कटुवा पेस्तोल १ थान र गोली १ थान सहित पर्सा गाउँपालिका (४ बस्ने २३ वर्षीय दिपक साहलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । उनलाई उक्त पेस्तोल सहित प्रहरी चौकी नारायणपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।