काठमाडौं । शेयर बजार परिसुचक नेप्से ओरालो लागेको छ । साताको पहिलो कारोबार दिन आज आईतबार नेप्से परिसुचक तीन दशमलव ४४ अंकले ओरालो लागेर २६ सय २० दशमलव ३९ बिन्दुमा खुम्चिएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ५१ अंकले ओरालो लागेर चार सय ४१ दशमलव ४९ बिन्दुमा खुम्चिएको छ ।
धितोपत्र बजारमा आज तीन सय २२ वटा कम्पनीहरुको ८१ हजार नौं सय ८५ पटकको कारोबारमा दुई करोड १९ लाख पाँच हजार तीन सय ११ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम नौं अर्ब २४ करोड ५५ लाख ८३ हजार तीन सय १५ रुपैंयाँ पुगेको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये बाणिज्य बैंक, बिकास बैंक, होटल तथा पर्यटन, उत्पादनमुलक र निर्जीवन बीमा उपसमुहको सुचक उकालो लागेका छन् भने फाईनान्स, जलबिद्युत, जीवन बीमा, लगानी, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र व्यापार उपसमुहको सुचक ओरालो लागेका छन् ।