काठमाडौ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा सात करोड छ लाख ३९ हजार एक सय १६ रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा १३ करोड दुई लाख २६ हजार तीन सय ७१ रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी एक अर्ब ३४ करोड ४८ लाख ७१ हजार तीन सय २३ रुपैयाँ रहेको संस्थाले चालु आवको तेस्रो त्रैमासमा पाँच अर्ब ४० करोड ९४ लाख सात हजार पाँच सय २४ रुपैयाँ निक्षेप संकलन गरी छ अर्ब आठ करोड पाँच लाख ६३ हजार ५३ रुपैैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा १५ करोड ७० लाख ४८ हजार आठ सय ५३ रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थामा चार दशमलव ७८ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले छ अर्ब ९६ करोड ८५ लाख ४० हजार सात सय ५७ रुपैयाँ निक्षेप संकलन गरी सात अर्ब ४० करोड ८० लाख ७७ हजार तीन सय ६३ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा २५ करोड ३० लाख ५७ हजार चार सय ३५ रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थामा तीन दशमलव १२ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।