काठमाडौ । अनलाइन किनमेल प्लेटफर्म दराज नेपालले ५.५ बेस्ट प्राइस, बेस्ट डिल अभियानको घोषणा गरेको छ । ७५ प्रतिशतसम्मको छुट, निःशुल्क होम डेलिभरी र एक करोड रुपैयाँ बराबरको भौचरसहितको यो विशेष अभियान वैशाख २२ देखि २६ गतेसम्म सञ्चालन हुने कम्पनीले जानकारी दिएको छ ।
अभियान अवधिभर ग्राहकले सिताफिल, ब्रान्डहाउस, ह्रोटोलगायत प्रतिष्ठित ब्रान्डका विभिन्न उत्पादनमा दैनिक फ्ल्यास सेलमार्फत सबैभन्दा कम मूल्यमा विशेष छुटहरू प्राप्त गर्न सक्नेछन् । यी सीमित अवधिका अफरहरू हरेक दिन अपडेट हुने हुँदा, मौकाको उचित फाइदा उठाउनका लागि दराज नेपालले दराज एपको फ्ल्यास सेल सेक्सन नियमित हेर्न ग्राहकलाई विशेष अनुरोध गरेको छ । साथै, बेस्ट प्राइस ट्यागसहितका उत्पादन खोजेर अझ बढी बचत गर्न सकिने कम्पनीले विज्ञप्तिमार्फत जानकारी दिएको छ । यदि कुनै ग्राहकले सोही उत्पादनलाई नेपालकै अरू कुनै अनलाइन प्लेटफर्ममा निर्धारितभन्दा सस्तो मूल्यमा फेला पारेमा सम्बन्धित सर्तहरू पूरा भएमा दराजले मूल्य अन्तरको दोब्बर रकम फिर्ता दिने बताएको छ ।
५.५ को अर्को विशेष पक्ष भनेको ग्राहकहरूले न्यूनतम चार सय ९९ रुपैयाँ खर्च गरी चुनिएका विक्रेताबाट उपलब्ध गरिएका उत्पादनमा निःशुल्क डेलिभरी सुविधा पनि प्राप्त गर्न सकिनेछ । यसका लागि दराज एपको होमपेजमा रहेको फ्रि डेलिभरी ब्यानरमा क्लिक गरी फ्रि डेलिभरी पेजबाट भौचर संकलन गर्न सक्ने कम्पनीले जनाएको छ । यस अभियानमार्फत दराज नेपालले केवल छुट र बचत मात्र नभई, आफ्ना उपभोक्तालाई उत्कृष्ट अनलाइन किनमेल अनुभव प्रदान गर्ने उद्देश्य लिएको जनाएको छ । स्वास्थ्य तथा सौन्दर्य, फेसन, अडियो तथा वेरेबल्स, फर्निचर, घर सजावटलगायत थुप्रै उत्पादन श्रेणीमा आकर्षक अफरहरू अभियान अवधिभर उपलब्ध गराउने बताइएको छ ।