काठमाडौं । उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले बस्ती विकास गर्दा त्यहाँ बस्नेहरूका लागि आयआर्जनको वातावरण निर्माण गर्नुपर्नेमा जोड दिएका छन् । राष्ट्रिय आवास कम्पनी लिमिटेडको १७औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले वस्ती बनाएर मात्रै नहुने भन्दै त्यहाँ बस्नेहरूका लागि आर्थिक अवसर सिर्जना गर्नुपर्नेमा जोड दिए । ‘व्यवस्थित आवास बनाउनका लागि मात्र बनाएर हुँदैन भन्ने कुरा योभन्दा अघिको उदाहरणबाट पाठ सिक्नुपर्छ । जग्गा विकास पनि गर्नुछ । न्यूनतमरूपमा मानिसहरूलाई आवश्यक पर्ने आयआर्जन गर्नसक्ने गरी अब बस्ती विकास हुनुपर्छ,’ उनले भने ।