काठमाडौँ । वरिष्ठ पत्रकार एवं सूचनाको हकका अभियन्ता तारानाथ दाहाललाई राष्ट्रपति रामचन्द्र पौडेलले सम्मान गरेका छन् । राष्ट्रिय सूचना आयोगको १८औँ वार्षिकोत्सवका अवसरमा राष्ट्रपति पौडेलले सूचनाको हकको कार्यान्वयन, प्रवर्द्धन र पैरवी गर्न महत्त्वपूर्ण योगदान पुर्यार्एको भन्दै वरिष्ठ पत्रकार दाहाललाई ‘विनय कसजु उत्कृष्ट सूचना अभियन्ता पुरस्कार’बाट सम्मान गरिएको हो ।
राष्ट्रपति भवन शीतल निवासमा सोमबार आयोजित एक समारोहकाबीच पत्रकार दाहाललाई रु. ५५ हजार राशिको सर्वोत्कृष्ट सूचना अभियन्ता पुरस्कारसहित कदरपत्रबाट सम्मानित गरे । आयोगले सूचनाको हकका क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएबापत ११ वर्षअघि उनलाई ‘वरिष्ठ अभियन्ता’ बाट सम्मान गरेको थियो ।
सो अवसरमा अभियन्ता दाहालले विकास र सुशासनका पक्षमा सूचनाको हकको महत्त्वपूर्ण भूमिका रहने भएकाले यसको प्रभावकारी कार्यान्वयनसहित सदुपयोग हुनुपर्ने धारणा व्यक्त गरे । मुलुकमा सूचनाको हकको कार्यान्वयनको अवस्था अझै पनि सन्तोषजनक नरहेको बताउदै अभियन्ता दाहालले लोकतन्त्रको प्रमुख आधार सूचनाको हकको सुनिश्चितता हो भन्दै यसको प्रवर्द्धनमा सरोकार भएका सबै गम्भीर हुनुपर्नेमा जोड दिए ।