काठमाडौं । बालबालिकाको उज्ज्वल भविष्य सुनिश्चित गर्न सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले ‘मेरो मुटु बालजीवन बीमा’ योजना सञ्चालन गरेको छ । यो योजनाले एक महिनाको उमेरदेखि नै बच्चाको जीवन बीमा गर्न मिल्ने सुविधा प्रदान गर्छ । विशेष कुरा के भने यसमा अभिभावक (प्रस्तावक) र बच्चा दुवैको जीवन एकैसाथ बीमित गरिन्छ ।
यो बीमालेखले बचत र सुरक्षा दुबै संयोजन गरेको छ । बीमा अवधिभर प्रस्तावकको कुनै कारणवश मृत्यु वा स्थायी अशक्तता भएमा बाँकी सम्पूर्ण बीमा शुल्क मिनाहा हुनेछ । त्यस्तै, बीमांक रकमको एक प्रतिशत मासिकरूपमा बच्चाको नाममा उपलब्ध हुनेछ, जसले उसको शिक्षादेखि भविष्य निर्माणसम्म सहयोग पुर्याउँछ ।
कम्पनीका अनुसार यो बीमालेखमा अप्रत्याशित मृत्यु भएमा बीमीतको हकमा बीमांक रकमको २५ प्रतिशत वा आर्जित बोनस वा भुक्तानी भएको बीमाशुल्कमध्ये जुन बढी हुन्छ, त्यो रकम दिइनेछ । प्रस्तावकको मृत्यु हुँदा बीमाङ्क रकम पाउने गरी अतिरिक्त बीमाशुल्क तिरेको अवस्थामा बीमांक रकम प्रधान गरिनेछ र अतिरिक्त शुल्क नतिरेको अवस्थामा बीमांक रकम प्रधान गरिने छैन । बीमा अवधि समाप्त हुनु अगावै बीमालेख चालु रहेको अवस्थामा बीमित र बीमा प्रस्तावकको मृत्यु एउटै घटनामा भएमा प्रस्तावकको मृत्युबापत बीमांक रकम र आर्जित बोनस तथा बच्चाको मृत्युबापत बीमांकको २५ प्रतिशत रकम भुक्तानी दिइनेछ । बीमा अवधिभित्र प्रस्तावकको मृत्यु भएपश्चात बीमित बच्चाको समेत मृत्यु भएमा बीमाङ्क रकमको २५ प्रतिशत र आर्जित बोनस वा भुक्तानी भएको बीमाशुल्क मध्य जुन रकम बढी हुन्छ सो रकम भुक्तानी दिइनेछ र बीमालेख स्वतः अन्त्य हुनेछ ।
बालबालिकाको उच्च शिक्षा, आकस्मिक खर्च र दीर्घकालीन योजना सुरक्षित गर्न, मासिक आय सुविधासहितको बीमालेख भविष्यका लागि अनुशासित बचतको सुनिश्चितता गर्न र न्यून प्रिमियममै दीर्घकालीन लाभ लिन यो बीमालेख खरिद गर्न सकिने छ । कम्पनीका अनुसार बच्चा जन्मिएको सुरुवाती चरणमै यो बीमा गर्दा भविष्यमा ठूलो लाभ लिन सकिन्छ । ‘जीवन बीमा आजै, अहिल्यै’ भन्ने सोचअनुरूप समयमै बीमालेख लिएर आफ्नो बालबालिकाको भविष्यलाई सुनिश्चित गर्न सकिन्छ ।