काठमाडौं । नेकपा एमालेको धनुषा भइरहेको ८ औं अधिवेशन स्थलमा दुई पक्षबीच कुटाकुट भएको छ । झडपमा परेर पाँच जना घाईते भएका छन् । घाईते हुनेहरुमा भोला यादाव गुटकका भोला सत्यनारायण महासेठ र महेश दास रहेका छन् । उनीहरू दुवै जनाको टाउको फुटेको जानकारी प्राप्त भएको छ । साथै निवर्तमान जिल्ला अध्यक्ष राजकिशोर यादव समेत कुटिएका पाइएको छ।
अधिवेशनमा अन्तिम नामावली प्रकाशनको विषयलाई लिएर भोला यादव र लक्ष्मीनारायण यादव पक्षबीच विवाद हुँदा कुर्सी हानाहान भएको थियो । भोला यादव एमाले केन्द्रीय सचिव रघुवीर महासेठ पक्षबाट र लक्ष्मीनारायण यादव केन्द्रीय सदस्य उमाशंकर अरगरिया पक्षबाट अध्यक्षका प्रत्यासी रहेका थिए ।