काठमाडौं । शेयर बजार परिसुचक नेप्से झिनो अंकले बढेको छ । अघिल्लो दिन झण्डै १० अंकले खुम्चिएको नेप्से परिसुचक साताको तेस्रो कारोबार दिन आज मंगलबार भने एक दशमलव शुन्य तीन अंकले उकालो लागेर २६ सय ११ दशमलव ४३ बिन्दुमा चढेको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव १३ अंकले उकालो लागेर चार सय ४० दशमलव २६ बिन्दुमा चढेको छ ।
धितोपत्र बजारमा आज तीन सय १८ वटा कम्पनीहरुको ८० हजार ५४ पटकको कारोबारमा दुई करोड पाँच लाख ४२ हजार सात सय ६४ कित्ता शेयर किनबेच भएको छ । सोही किनबेचका आधारमा आज कुल कारोबार रकम आठ अर्ब ७४ करोड ७६ लाख ६८ हजार आठ सय ४६ रुपैंयाँ पुगेको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये जलबिद्युत, जीवन बीमा, उत्पादनमुलक, निर्जीवन बीमा र व्यापार उपसमुहको सुचक उकालो लागेको छ भने बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन सहितका आठ वटा उपसमुहहरुको सुचक ओरालो लागेको छ ।