काठमाडौं । निर्जीवन बीमा कम्पनीहरूले चालू आर्थिक वर्षको नौ महिना (साउन–चैत)सम्म ३२ अर्ब १२ करोड ९९ लाख ७५ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार सञ्चालनमा रहेका १४ वटा निर्जीवन बीमा कम्पनीले २१ लाख ३५ हजार दुई सय २३ वटा बीमालेखबाट सो बीमाशुल्क सङ्कलन गरेका हुन् ।
चालू आर्थिक वर्षको चैत मसान्तसम्म नेपाल इन्स्योरेन्स कम्पनीले एक लाख ४६ हजार नौ सय ३५ वटा बीमालेख जारी एक अर्ब ५५ करोड ८८ लाख ५१ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । यस्तै दि ओरियन्टल इन्स्योरेन्स कम्पनीले भने ३३ हजार पाँच सय एकवटा बीमालेखबाट दुई अर्ब १५ करोड ४६ लाख रुपैयाँ बीमाशुल्क सङ्कलन गरेको छ । सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीले भने एक लाख ५२ हजार ७९ वटा बीमालेखमार्फत एक अर्ब १३ करोड २६ लाख ३० हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।
नेसनल इन्स्योरेन्स कम्पनीले पनि चालू आर्थिक वर्षको चैत मसान्तसम्म २२ हजार तीन सय ४८ वटा बीमालेख जारी गरी ८७ करोड ९५ लाख ३९ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । नेको इन्स्योरेन्स कम्पनीले दुई लाख १९ हजार सात सय ७६ वटा बीमालेखमार्फत दुई अर्ब ४७ करोड १८ लाख ३४ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । प्रभु इन्स्योरेन्स कम्पनीले पनि चालू आर्थिक वर्षको पछिल्लो नौ महिनामा ९४ हजार नौ सय १९ वटा बीमालेख जारी गरी एक अर्ब ३० करोड ९४ लाख ८१ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । शिखर इन्स्योरेन्सले भने दुई लाख २७ हजार चार सय २८ वटा बीमालेखमार्फत चार अर्ब ३४ करोड ५८ लाख ८१ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।
एनएलजी इन्स्योरेन्स कम्पनीले २०८१ साउनदेखि चैतसम्म एक लाख ४४ हजार आठ सय ५४ वटा बीमालेखमार्फत दुई अर्ब १३ करोड ४५ लाख २१ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले दुई लाख पाँच हजार आठ सय आठवटा बीमालेखमार्फत दुई अर्ब ७८ करोड ५५ लाख ६७ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । यसैगरी सानिमा जीआईसी इन्स्योरेन्स कम्पनीले पनि चालू आर्थिक वर्षको चैत्र मसान्तसम्ममा एक लाख दुई हजार एक सय आठवटा बीमालेखमार्फत एक अर्ब ९२ करोड १९ लाख ५० हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।
सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले दुई लाख २९ हजार पाँच सय ५३ वटा बीमालेखमार्फत तीन अर्ब १० करोड ५८ लाख ११ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले भने चालू आर्थिक वर्षको पछिल्लो नौ महिनामा दुई लाख १३ हजार तीन सय ७४ वटा बीमालेखमार्फत तीन अर्ब ७३ करोड ९४ लाख १७ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले एक लाख ६८ हजार तीन सय ३९ वटा बीमालेखमार्फत दुई अर्ब ७३ करोड ४९ लाख ७८ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । युनाईटेड अजोड इन्स्योेरेन्स कम्पनीले भने चालू आर्थिक वर्षको पछिल्लो नौ महिनामा एक लाख ७४ हजार दुई सय ११ वटा बीमालेख जारी गरी एक अर्ब ८५ करोड ४९ लाख १५ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।