काठमाडौं । प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) रमेश थापालाई नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी दिइएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारबाहीलाई यथार्थ तथा तथ्यगत रूपमा सञ्चार माध्यमहरूमा सम्प्रेषण गर्नका लागि प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत एसएसपी थापालाई जिम्मेवारी तोकिएको हो ।