काठमाडौं । सोलुखुम्बुको पत्ताले, गौरी टाप, ओखलढुङ्गाको रुम्झाटार र आसपासका पर्यटकीय गन्तव्य प्रवर्द्धन गर्ने उद्देश्यले स्पार्क कारले आयोजना गर्न लागेको तेस्रो स्पार्क एड्भेन्चरमा दुई दर्जन बढी सेलिब्रेटी सहभागी हुने भएका छन् ।
एड्भेन्चरमा राजेश हमाल, मनीषा कोइराला, क्याप्टेन विजय लामा, गायिका आनी छोइङ डोल्मा, हास्यकलाकारद्वय सन्दीप क्षेत्री र राजा राजेन्द्रलगायत दर्जनभन्दा बढी कलाकार सहभागी हुन लागेका हुन् । त्यस्तै, पीबीसी मास्टरसेफ सन्तोष शाह, फिल्म निर्देशक रामबाबु गुरुङ एवं मीन भाम, नायट्यकर्मी अनुप बराल, कवि विप्लव प्रतीक, डन डिरेक्टर अमन प्रताप अधिकारीको उपस्थिति हुने जनाइएको छ । स्पार्क एड्भेन्चरको तालिकाअनुसार रुम्झाटारमा कन्सर्ट आयोजना गरिने स्पार्क एड्भेन्चरका संयोजक अमरदीप भट्टराईले जानकारी दिए । कन्सर्टमा स्थानीय कला संस्कृतिसँगै वरिष्ठ गायक दीप श्रेष्ठ, प्रेमराजा महत, राजु लामा, सुनिता दुलाल, विमलराज क्षेत्री र आस्था रावतलगायतको सांगीतिक प्रस्तुति रहनेछ ।
ओझेलमा परेका पर्यटकीय गन्तव्य प्रवद्र्धन गर्दै आएको स्पार्क कारले यही वैशाख २६ देखि २८ गतेसम्म ‘गेट वे टु एभरेस्ट’ थिममा स्पार्क एड्भेञ्चर, २०२५ हुन लागेको स्पार्क कारका निर्देशक सिताराम घिमिरेले जानकारी दिए ।