काठमाडौं । शेयर बजार परिसुचक नेप्से उकालो लागेको छ । अघिल्लो दिन एक अंकले उकालो लागेको नेप्से परिसुचक साताको चौंथो कारोबार दिन आज बुधबार ६२ दशमलव २५ अंकले उकालो लागेर २६ सय ७३ दशमलव ६९ बिन्दुमा चढेको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि १० दशमलव ९७ अंकले बढेर चार सय ५१ दशमलव २४ बिन्दुमा चढेको छ ।
धितोपत्र बजारमा आज तीन सय आठ वटा कम्पनीहरुको ९९ हजार तीन सय पाँच पटकको कारोबारमा दुई करोड ७२ लाख ४५ हजार चार सय ५९ कित्ता किनबेच भएको छ । सोही किनबेचका आधारमा कुल कारोबार रकम १० अर्ब ५१ करोड ८४ लाख छ हजार तीन सय ५२ रुपैंयाँ पुगेको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त सहितका १३ वटै उपसमुहहरुको सुचक उकालो लागेर शेयर बजार पुरै हरियो भएको छ ।