काठमाडौं । अन–डिमान्ड प्रोफेसनल सर्विस प्लेटफर्म भेटायोले वार्षिक मर्मत सम्झौता प्याकेजहरू सार्वजनिक गरेको छ । सीटीईभीटीबाट मान्यता प्राप्त दक्ष प्राविधिकबाट ग्राहकलाई सेवा दिँदै आएको कम्पनीको यो प्याकेजमा विशेषगरी ठूला व्यावसायिक ग्राहक लक्षित रहेको छ ।
भेटायो एपमार्फत नै ग्राहकलाई आवश्यक प्लम्बिङ, इलेक्ट्रिकल, पेस्ट कन्ट्रोल, लन्ड्रीलगायत १५ भन्दा बढी सेवाहरू बुकिङ गर्न सकिने छ । भेटायो ग्राहकहरूको लागि सबै आवश्यक सेवाहरू एकै ठाउँमा पाउन सकिने दरिलो माध्यम हो । कम्पनीका अनुसार यो प्याकेज भेटायोले ग्राहकलाई एक वर्षसम्म नियमितरूपमा मर्मत, जाँच, र आवश्यक सेवा उपलब्ध गराउने सेवा सम्झौता हो । यो प्याकेजअन्तर्गत ग्राहकले चाहेको कुनै पनि सेवाहरू निश्चित शुल्क लिई सेवा प्रदान गरिन्छ । यो प्याकेज विशेषगरी शिक्षा, स्वास्थ, वित्तीय क्षेत्र, सरकारी कार्यलय, होटेल तथा रेस्टुरेन्ट, कर्पोरेटलगायत अन्य व्यावसायिक भवनहरूको लागि तयार पारिएको जनाइएको छ । यसमा ग्राहकले सम्झौता अनुरूप मर्मत र नियमित जाँच सेवा प्राप्त गर्नेछ । यो प्याकेज लिएपश्चात सम्झौताअनुरूप सम्बन्धित ग्राहकको सर्भिससम्बन्धी सम्पूर्ण कामको जिम्मेवारी भेटायोले नै लिनेछ ।
यस प्याकेजमा रुटिन चेकअप, एक घण्टाभित्र सेवा प्रदान, निःशुल्क परामर्श, सेवा निरीक्षण, ३० दिनको सर्भिस वारेन्टी, अफ–आवर सेवा, गुणस्तरीय सामानको प्रयोग, त्रैमासिक रिपोर्टलगायत रहेका छन् । यस प्याकेज एक हजार पाँ सय रुपैयाँबाट सुरु हुनेछ ।