काठमाडौं । आगामी जेठ १५ गतेदेखि गरिने आन्दोलन निष्कर्षमा पुर्याएरै छाड्ने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले बिहीबार राजवादीले संयुक्त रूपमा गरेको पत्रकार सम्मेलनमा बताएका छन् ।

आगामी जेठ १५ गतेदेखि राजसंस्थाको पुनर्स्थापना र हिन्दु राष्ट्र स्थापनाका लागि निरन्तर आन्दोलन गर्ने घोषणा गर्दै राजवादीले आन्दोलनमा दमनको सहारा लिए बढारिनुपर्ने चेतावनी समेत दिएका छन् ।