काठमाडौं । अघिल्लो दिन ६२ अंकले उकालो लागेको शेयर बजार परिसुचक नेप्से साताको अन्तिम कारोबार दिन आज बिहिबार भने १२ दशमलव शुन्य चार अंकले ओरालो लागेर २६ सय ६१ दशमलव ६४ बिन्दुमा खुम्चिएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ३४ अंकले ओरालो लागेर चार सय ४८ दशमलव ८९ बिन्दुमा खुम्चिएको छ ।
धितोपत्र बजारमा आज तीन सय १५ वटा कम्पनीहरुको एक लाख तीन हजार तीन सय १९ पटकको कारोबारमा तीन करोड सात लाख ९९ हजार ९१ कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल कारोबार रकम ११ अर्ब ६५ करोड १७ हजार आठ सय ५१ रुपैंयाँ पुगेको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये फाईनान्स, जलबिद्युत, उत्पादनमुलक, जीवन बीमा र सामुहिक लगानी कोष उपसमुहको सुचक उकालो लागेका छन् भने बाणिज्य बैंक, बिकास बैंक, होटल तथा पर्यटन, लगानी, लघुवित्त, अन्य र व्यापार उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।