काठमाडौ । एनसेलले आफ्नो ग्राहक सेवालाई थप विस्तारित गर्दै नयाँ अवधारणाका साथ ‘एनसेल सप इन सप’ सञ्चालनमा ल्याएको छ । कम्पनीले आफ्नो पहिलो सप इन सप भैरहवामा बिहीबारबाट सञ्चालनमा ल्याएको हो ।
भैरहवाको मैलावरमा रहेको एनसेलको आधिकारिक खुद्रा विक्रेता न्यु लुम्बिनी ए टु जेड मोबाइलसँगको साझेदारीमा एनसेलले आफ्नो यो पहिलो सप इन सप सञ्चालन गरेको जनाएको छ । एनसेलका चिफ अफ स्टाफ स्टिवन रोड्रिगेजले यो एनसेल सप इन सपको उद्घाटन गरेका थिए । सप इन सपबाट ग्राहकहरूले एनसेलका सेवा, सुविधासम्बन्धी साधारण सोधपुछदेखि सम्पूर्ण सेवाहरू एनसेल सेन्टरबाट जस्तैगरी लिन सक्छन् । ग्राहकहरूले सिम लिने, रिचार्ज गर्ने, केवाईसी अपडेट गर्ने, सिम स्वामित्व पुनः प्रमाणीकरण गर्ने, लोकप्रिय सधैँ अन रिन्युअलजस्ता प्याकहरू, सेवा, सुविधा लिने, ई–सिममा अपग्रेड गर्ने, इन्टरनेट सेटिङ मिलाउनेलगायतका विविध ग्राहक सेवाहरू लिन सक्छन् ।
रोड्रिगेजका अनुसार कम्पनीका ग्राहकहरूले सबै सेवाहरू नजिकको पायक पर्ने सप इन सपबाटै लिन सक्नेछन् । यस अवधारणा अनुरूप कम्पनीले देशैभर विभिन्न स्थानहरूमा थप सप इन सपहरू सञ्चालनमा ल्याउने योजना रहेको उनले बताए । यसले कम्पनीको ग्राहक सेवा अझ विस्तारित र राम्रो बनाउने रोड्रिगेजको भनाइ छ । रोड्रिगेजले उद्घाटनको अवसरमा सप इन सपमा आई ‘स्पिन एन्ड ह्विल’ खेलेका अगन्तुकहरूलाई विभिन्न उपहारहरू पनि वितरण गरेका थिए ।
आइतबारदेखि शुक्रबार हप्ताको छ दिन यस सप इन सपले ग्राहकलाई सेवा प्रदान गर्नेछ । आफ्नो ग्राहक सेवालाई अझ सहज बनाई उत्कृष्ट ग्राहक अनुभव प्रदान गर्न एनसेलले देशका विभिन्न भागमा ३३ वटा एनसेल सेन्टरहरू पनि सञ्चालन गर्दै आएको छ ।