नुवाकोट । उद्योग/व्यावसायिक क्षेत्रमा निरन्तर योगदान दिने नुवाकोटकी सशक्त महिला गीता अमात्य ‘न्युबिज बिजनेस वुमन समिट एन्ड अवार्ड–२०२५’ बाट सम्मानित भएकी छन् ।
उद्योग/व्यवसायका साथै राजनीतिक क्षेत्रमा पनि सक्रिय युवा उद्यमी अमात्य बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा ‘इमर्जिङ इन्टरप्राइजिङ वुमन अफ दिन इयर’बाट सम्मानित भएकी हुन् ।
सम्मानित अमात्य अवार्डको साथै ५१ हजार रुपैयाँ पुरस्कारबाट समेत सम्मानित भएकी हुन् । उक्त सम्मानबाट अमात्यसहित प्रत्येक प्रदेशबाट एक/एक जनाको दरले सात जना महिला उद्यमी सम्मानित भएका थिए । अमात्य बागमती प्रदेशबाट छनौट भएर सम्मानित भएकी हुन् । प्रभु बैंक लिमिटेड मुख्य प्रायोजक रहेको यस वर्षको कार्यक्रममा लाइफ टाइम एचिभमेन्ट अवार्ड र अन्य छ विधामा महिला उद्यमी सम्मानित भएका हुन् । कार्यक्रममा ज्ञानीशोभा तुलाधर भने लाइफ टाइम अचिभमेन्ट अवार्डबाट सम्मानित भएकी थिइन् । न्यू बिजनेस एज लिमिटेडले उद्यमशीलतामा लागेका महिला उद्यमीलाई प्रोत्साहन गर्न र उनीहरूले दिएको योगदानको कदर गर्न विगत केही वर्ष अगाडिदेखि अवार्ड कार्यक्रम गर्दै आएको छ ।
बागमती प्रदेशबाट छनौट भएर सम्मानित हुने एक मात्र महिला उद्यमी अमात्य नेपाल उद्योग वाणिज्य महासंघको बागमती प्रदेश सदस्य तथा महिला समिति सभापतिको साथै महिला उद्यमी संघ नुवाकोटको सभापति पनि हुन् ।