काठमाडौं । अर्गा भगवती भेन्चर्स प्रालि र कुमारी क्यापिटल लिमिटेडबीच एक महत्वपूर्ण सहकार्य सम्झौता सम्पन्न भएको छ । सम्झौताअन्तर्गत अर्गा भगवतीको नवीकरणीय सौर्य परियोजनालाई संस्थागत परामर्श सेवाअन्तर्गत वे टु लिस्टिङमार्फत कम्पनीलाई सूचीकरण हुँदासम्म गर्नुपर्ने सम्पूर्ण कार्यहरूजस्तै कम्पनी कन्भर्सेसन सार्वजनिक निष्काशनलगायतका सम्पूर्ण कार्यहरू नियामक निकायसँगको समन्वयमा पूरा गर्ने गरी कुमारी क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।
अर्गा भगवती भेन्चर्सले हाल अर्घाखाँची जिल्लामा १० मेगावाटको नवीकरणीय सौर्य ऊर्जा उत्पादनको निर्माण कार्य अनवरतरूपमा अगाडि बढाइरहेको छ । छोटो समयमा नै आयोजनाका सम्पूर्ण कार्यहरू सम्पन्न गरी विद्युत् उत्पादनलाई राष्ट्रिय प्रसारण लाइनमार्फत वितरण गरी देशको आर्थिक समवृद्धिमा टेवा पुर्याउने र स्वच्छ वातावरण प्रवद्र्धन गर्ने लक्ष्य रहेको जानकारी कम्पनीका अध्यक्षले प्रकाश पारे । हालै मात्र वित्तीय व्यवस्थापनको रूपमा प्राइम कमर्सियल बैंक लिमिटेडमार्फत फाइनान्सियल कोर्स सम्पन्न गरिसकेको छ ।
सम्झौतामा अर्गा भगवती भेन्चर्स प्रालिका सञ्चालक समितिका अध्यक्ष कुशल थापा र कुमारी क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत पुष्प शर्र्माले हस्ताक्षर गरेका छन् ।