काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा पाँच करोड दुई लाख ३९ हजार नौ सय १९ रूपैयाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा चार करोड ४४ लाख ३३ हजार आठ सय ८३ रूपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी ४४ करोड १६ लाख ६२ हजार एक सय रूपैयाँ रहेको संस्थाले चालु आवको तेस्रो त्रैमासमा दुई अर्ब ५० करोड ३१ लाख ६१ हजार एक सय २३ रूपैयाँ निक्षेप संकलन गरी छ अर्ब १२ करोड ५० लाख ५४ हजार आठ सय १७ रूपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ३२ करोड ३४ लाख १२ हजार ५१ रूपैयाँ खुद व्याज आम्दानी गरेको संस्थामा नौं दशमलव १६ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
गत आवको सोही अवधिमा संस्थाले दुई अर्ब ३७ करोड १४ लाख १९ हजार एक सय ५९ रूपैयाँ निक्षेप संकलन गरी छ अर्ब ३६ करोड ५९ लाख तीन हजार ७५ रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा २७ करोड ७९ लाख ८६ हजार सात सय ८२ रूपैयाँ खुद व्याज आम्दानी गरेको संस्थामा सात दशमलव ७६ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।