काठमाडौँ । भारत र पाकिस्तानबीचको सिर्जित अवस्थालाई दृष्टिगत गर्दै सभामुख देवराज घिमिरेले त्यहाँ बसोबास गर्ने सम्पूर्ण नेपालीको सुरक्षालगायत पर्नसक्ने सम्भावित समस्याप्रति सचेत भई आवश्यक व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।
सभामुख घिमिरेले प्रतिनिधिसभाको शुक्रबारको बैठकमा उक्त ध्यानाकर्षण गराएका हुन् । बैठकमा सांसदहरुले भारत र पाकिस्तानबीचको तनावबाट नेपालमा पर्नसक्ने सम्भावित प्रभावबारे सरकार सचेत हुनुपर्नेमा जोड दिँदै आवश्यक तयारी थाल्न सुझाव दिएका थिए ।
यस्तै सभामुख घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाए । प्रतिनिधिसभा बैठकमा आव २०८२/८३ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल जारी छ ।