काठमाडौं । प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसदसँगको प्रश्नोत्तरमा सहभागी हुँदै प्रधानमन्त्री केपी शर्मा ओलीले राजावादीहरूको राजा फर्काउने सपना कहिल्यै पूरा नहुने बताएका छन् ।
प्रधानमन्त्रीले जेठ १५ गतेबाट अनिश्चितकालीन आन्दोलन घोषणा गरेर राजावादीपार्टी र संगठनहरूले राजा फर्काउने भन्दै लागिरहेका बेला राजावादीका सपना पूरा नहुने बताएका हुन् ।
प्रधानमन्त्रीले इतिहासमा मिल्किसकेको राजतन्त्रको पछि लाग्नु भन्दा बदलिँदो समयलाई ख्याल गर्दै अघि बढ्न राजावादीहरूलाई आग्रह गरे । उनले राजावादीहरूलाई संविधानअनुसार अघि बढ्न सुझाव पनि दिए ।
नवराज सुवेदीको नेतृत्वमा रहेको संयुक्त जनआन्दोलन समितिमार्फत राप्रपा, राप्रपा नेपाललगायतका पार्टी र विभिन्न राजावादी संघसंस्थाले १५ जेठबाट अनिश्चितकालनि जनआन्दोलन घोषणा गरेका छन् ।