काठमाडौं । सर्वोच्च अदालतले डेढ महिनाभित्रमा राष्ट्रिय सहकारी नियमन प्राधिकरण गठन गर्न परमादेश दिएको छ । अधिवक्ता सुरेन्द्र भण्डारीले दायर गरेको रिटमा आइतबार न्यायाधीश कुमार रेग्मी र नित्यानन्द पाण्डेयको इजलासले आजको मितिबाट ७ दिन भित्र सिफारिस समिति गठन गरि बढीमा १५ दिन भित्रमा प्राधिकरण गठन गर्नू भनि परमादेश जारी गरिदिएको हो ।