काठमाडौं । सिजी मोटर्सले गीली अटो ग्रुपसँगको सहकार्यमा ‘इभोल्भ टु रिड्डारा एक्सचेन्ज’ नामक विशेष एक्सचेन्ज योजना सार्वजनिक गरेको छ । यसले नेपालमा विद्युतीय सवारी साधनको प्रवद्र्धनमा नयाँ गति थप्ने विश्वास लिएको छ ।
अफरअन्तर्गत ग्राहकहरूले आफ्नो पुरानो सवारी साधन साटेर शक्तिशाली र बहुप्रशंसित ईभी पिकअप रिड्डारा केवल २० प्रतिशत डाउनपेमेन्टमा प्राप्त गर्न सक्नेछन् । गीली अटो ग्रुपको विश्वस्तरीय प्रविधि र सिजी मोटर्सको दिगोपनप्रतिको प्रतिबद्धता समेटिएको रिड्डारा, दक्षता र व्यावहारिकताको आदर्श संयोजन हो । चार सय २४ किलोमिटरको उत्कृष्ट रेन्ज र ७३ किलोवाट–आवरको शक्तिशाली ब्याट्री क्षमतासहित यो पिकअप आफ्नो सेग्मेन्टमा अब्बल स्थानमा रहेको छ ।
नेपालको बहुआयामिक भूगोललाई सहजै पार गर्न सक्षम बनाउँदै रिड्डारामा स्यान्ड, मड, अफरोड, बेडिङ, इकोनोमी, कम्फर्ट र स्पोर्टजस्ता सात वटा सेग्मेन्टमै पहिलो पटक समावेश गरिएका ड्राइभिङ मोडहरू छन् । साथै, पाँच सय ४० डिग्री सराउन्ड भ्यु क्यामेराले सुरक्षालाई अझ बलियो बनाउँदै पूर्ण दृश्य प्रदान गर्छ, जसले चालकलाई विश्वस्त र सहज अनुभव दिलाउँछ । यस योजनालाई अझ आकर्षक बनाउन कम्पनीले नगद छुट, अतिरिक्त एक्सचेन्ज बोनस, निःशुल्क एसेसोरी, एक वर्षको बीमा, निःशुल्क सात किलोवाट चार्जर र एक वर्षको सडक कर निःशुल्क उपलब्ध गराउने व्यवस्था गरेको छ, यसले ग्राहकको लगानीमा अधिकतम मूल्य प्रदान गर्छ ।
रिड्डाराले चीनमा नम्बर १ ईभी पिकअपको मान्यता प्राप्त गरिसकेको छ, भने यसको निर्माणकर्ता गीली अटो ग्रुप चीनका शीर्ष १० अटोमोबाइल कम्पनीहरूमध्ये एक हो । यसले रिड्डाराको विश्वसनियता र गुणस्तरमा अन्तर्राष्ट्रियस्तरमा विश्वास दिलाउँछ ।