काठमाडौं । वीरगञ्ज महानगरपालिका-१६ नगवाकी २० वर्षीया अलिया खातुनले यही वैशाख २१ गते एक युवतीलाई नयाँ कपडा किनिदिन्छु भन्दै भारतको रक्सौल पुर्याएकी थिइन् । पीडित युवतीलाई भारतको रक्सौलमा लगेर यौन पेसामा लगाएको आरोपमा प्रहरीले खातुनलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले उनलाई पक्राउ गरेको हो । पर्सा प्रहरीका सूचना अधिकारी तथा डीएसपी किशोर लम्सालले पर्सा जिल्ला अदातबाट पक्राउ परेकी खातुनविरुद्ध मानव बेचबिखन तथा ओसार पसारको कसुरमा ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको बताए । डीएसपी लम्सालले ती युवतीलाई उद्धार गरेर नेपाल फिर्ता ल्याइएको बताएका छन् ।