काठमाडौं । शेयर बजार परिसुचक नेप्से दोहोरो अंकले ओरालो लागेको छ । यसअघि पनि ओरालो लागेको नेप्से परिसुचक साताको तेस्रो कारोबार दिन आज मंगलबार पुन १४ दशमलव ८७ अंकले ओरालो लागेर २६ सय ३४ दशमलव २३ बिन्दुमा खुम्चिएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ४१ अंकले ओरालो लागेर चार सय ४४ दशमलव ७२ बिन्दुमा खुम्चिएको छ ।
धितोपत्र बजारमा आज तीन सय १४ वटा कम्पनीहरुको एक लाख दुई हजार दुई सय ४५ पटकको कारोबारमा दुई करोड १८ लाख २८ हजार दुई सय ३१ कित्ता शेयर खरिद बिक्री भएका छन् । जसबाट आज कुल कारोबार रकम नौं अर्ब ६३ करोड ४८ लाख १२ हजार छ सय १२ रुपैंयाँ पुगेको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये बिकास बैंक, जीवन बीमा र उत्पादनमुलक उपसमुहको सुचक उकालो लागेका छन् भने बाणिज्य बैंक, फाईनान्स, जलबिद्युत, लघुवित्त, जीवन बीमा सहितका १० वटा उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।