सिन्धुली । दुधौली नगरपालिका–८ खोरभञ्ज्याङमा उदयपुरको कटारीबाट डकाहातर्फ आउँदै गरेको बि ए बी ०१८८ नम्बरको कारको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।

कारको ठक्करबाट घाइते भएका दुधौली–७ चिहानडाँडाका १० वर्षीय मन्देश सदाको दुधौली नगर अस्पताल सिर्थौलीमा मृत्यु भएको प्रहरी नायव उपरीक्षक सूर्यप्रकाश सुवेदीले जानकारी दिए । प्रहरीले कारका चालक ३४ वर्षीय रामकुमार राईलाई नियन्त्रणमा लिइ घटनाको अनुसन्धान अघि बढाएको छ ।