काठमाडौं। सहकारीमा बचतकर्ता जनताले जम्मा गरेको पैसा हिनामिना गरेको आरोपमा नेपाली कांग्रेसकी सांसद माया राईविरुद्ध ३७ लाख बढी बिगो मागदाबी गर्दै मुद्दा दायर भएको छ । कालीमाटीको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा जोडिएकी राईविरुद्ध ३७ लाख ३५ हजार ८४३ रुपैयाँ बिगो मागदाबी गर्दै मुद्दा दायर भएको हो ।