काठमाडौ । काठमाडौंदेखि नगरकोटसम्म ‘अल्ट्राभोइलेट राइड’ आयोजना हुने भएको छ । केडिया अर्गनाइजेसनका बिजनेस हेड नवराज कोइरालाका अनुसार शनिबार सो राइड हुन लागेको हो ।
काठमाडौंको नक्सालस्थित सोरुमबाट सुरू भई माइतीघर–नयाँ बानेश्वर–भक्तपुर हुँदै नगरकोटमा पुगेर राइड समापन हुनेछ । उक्त राइडमा अल्ट्राभोइलेटसँगै दुई सय सीसी माथिका अन्य कम्पनीका बाइक राइडरहरू सहभागी हुने कोइरालाले जानकारी दिए । अफरोड र अनरोड दुवैको अनुभव दिलाउनका लागि यो राइड आयोजना गरिएको उनले बताए । राइडका लागि आवश्यक पर्ने बाइक र पेट्रोलको खर्च सहभागी राइडरहरूले आफैं व्यवस्था गर्नुपर्नेछ भने अन्य खर्च कम्पनीले व्यहोर्ने कोइरालाले स्पष्ट पारे ।