काठमाडौ । नेपालमा हुन्डाई सवारी साधनको एक मात्र आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि.ले भरतपुर, चितवनमा नयाँ क्रेटा ईभी सार्वजनिक गरेको छ ।
कम्पनीले भरतपूरमा एक कार्यक्रमका बीच नयाँ क्रेता ईभी सार्वजानिक गरेको हो । साथै कार्यक्रममा ५ वटा क्रेटा ईभी ग्राहकलाई हस्तान्तरण समेत गरिएको कम्पनीले जनाएको छ । पिनाकल ट्रेडिङ प्रा.लि.मा आयोजित सो कार्यक्रममा नयाँ क्रेटा ईभीलाई सहभागीहरुवाट समेत राम्रो प्रतिक्रिया पाएको थियो । कम्पनीका प्रतिनिधिहरूले कार्यक्रमका सहभागीहरूसँग प्रत्यक्ष संवाद गर्दै हुन्डाई गाडी सम्बन्धी विस्तृत जानकारी र आवश्यक सहयोग प्रदान गरेका थिए । हुन्डाईले ग्राहक वर्गलाई प्रदान गरिरहेको उच्च गुणस्तरको सेवा, उत्कृष्ट मूल्यमा विश्वसनीय गाडी र देशभर फैलिएको व्यापक नेटवर्कले गर्दा उपभोक्ताहरूको मन जित्न सफल कम्पनीको दाबी छ ।