काठमाडौँ । काठमाडौँ महानगरपालिका–२८ स्थित एक गेष्ट हाउसमा गत चैत २९ गते एक महिलाको हत्यागरि फरार भएका धादिङका गल्छी गाउँपालिकाका ४० वर्षीय रामचन्द्र पन्त पक्राउ परेका छन् । उनी नुवाकोटको सूर्यगढी नगरपालिका–१ की २८ वर्षीया विमला तामाङको हत्यागरि फरार रहेका थिए ।

तामाङको हत्या गरी फरार भएका पन्त भारतबाट काठमाडौँ फर्कंदै गर्दा काठमाडौँको नागढुङ्गाबाट पक्राउ परेका जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । मङ्गलबार पक्राउ परेका हत्या आरोपी पन्तलाई प्रहरीले बुधबार सार्वजनिक गरेको हो । प्रहरीले निजमाथि थप अनुसन्धान गरिरहेको छ ।