काठमाडौं । सिन्धु विकास बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम सञ्चालन गरेको छ । बनेपा काभे्रमा कर्पोरेट कार्यालय रहेको बैंकको सहयोगमा वक्तृत्वकला प्रतियोगिता र बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बैंकको संस्थागत सामाजिक उत्तरदायित्वसम्बधी वार्षिक कार्ययोजनाअन्तर्गत शाखा कार्यालय बाह्रबिसेले नेपाल रेडक्रस सोसाइटी बाह्रबिसे उप–शाखासँगको संयुक्त आयोजनामा यही वैशाख २९ गते बाह्रबिसे नगरपालिका ०८ मा खुला रक्तदान कार्यक्रम र श्री प्राइभेट प्याराडाइज माविमा नगरस्तरीय अन्तरविद्यालय वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको थियो ।
श्री प्राइभेट प्याराडाइज माविमा आयोजित नगरस्तरीय अन्तरविद्यालय वक्तृत्वकला प्रतियोगितामा बाह्रबिसे नगरपालिकाका १० वटा विद्यालयका १८ जान विद्यार्थीले सहभागिता जनाएका थिए । उक्त कार्यक्रममा दुई सयभन्दा बढी जनसमुदायको उपस्थिति रहेको थियो । सो वक्तृत्वकला प्रतियोगितामा प्रथम हुनेलाई १२ हजार, द्वितीय हुनेलाई नौ हजार र तृतीय हुनेलाई छ हजारको नगद उपहार पनि प्रदान गरिएको थियो । साथै, रक्तदान कार्यक्रममा ४३ जनाले रक्तदान गरी सहभागिता जनाएका थिए । बैंकले आफ्नो सामाजिक उतरदायित्व कार्यलाई निरन्तरता दिने पनि जनाएको छ । सिन्धु विकास बैंक नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजतपत्र प्राप्त क्षेत्रीय विकास बैंक हो । काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, चितवन तथा मकवानपुर गरी पाँच जिल्लाको कार्यक्षेत्र रहेको सिन्धु विकास बैंकको २६ वटा शाखाहरू सञ्चालनमा रहेका छन् ।