काठमाडौँ । सगरमाथा संवादमा सहभागी चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीनको राष्ट्रिय जन कांग्रेसको स्थायी समितिका उपाध्यक्ष सियाओ जी नेपाल भ्रमणमा काठमाडौँ आइपुगेका छन् ।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपाध्यक्ष सियाओलाई वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले स्वागत गरेका थिए । सगरमाथा संवाद भोलि जेठ २ देखि ४ गतेसम्म हुँदैछ ।