काठमाडौं । शेयर बजार परिसुचक नेप्से पुन ओरालो लागेको छ । साताको सुरुवाती कारोबार दिन देखि नैं लगातार ओरालो लागेको नेप्से परिसुचक साताको अन्तिम कारोबार दिन आज बिहिबार पनि आठ दशमलव ४१ अंकले ओरालो लागेर २६ सय ११ दशमलव ८५ बिन्दुमा खुम्चिएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ४४ अंकले घटेर चार सय ४० बिन्दुमा खुम्चिएको छ ।
धितोपत्र बजारमा आज तीन सय २० वटा कम्पनीहरुको ७८ हजार चार सय ९३ पटक शेयर किनबेच भएको छ । जसबाट एक करोड ७४ लाख २३ हजार नौं सय ४३ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम सात अर्ब आठ करोड ३३ लाख ४८ हजार दुई सय ४० रुपैंयाँ पुगेको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये होटल तथा पर्यटन, सामुहिक लगानी कोष र व्यापार उपसमुहको सुचक ओरालो लागेका छन भने बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त सहितका १० वटा उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।