काठमाडौं । नेपाली स्मार्टफोन बजारमा भिभोले आफ्नो नयाँ स्मार्टफोन भिभो भी ५० लाइट छिट्टै सार्वजनिक गर्ने तयारी गरिरहेको छ । यसमा समेटिएको बहुप्रयोगी विशेषता, शक्तिशाली प्रदर्शन र प्रिमियम डिजाइनले यो स्मार्टफोनलाई प्रतिस्पर्धात्मक बजारमा अलग पहिचान दिन सक्ने संकेत गरेको छ ।
भिभो भी ५० लाइटमा ६५०० एमएएचको ब्लु वल्ट ब्याट्री हुने जनाइएको छ । यसले ९० वाट फ्ल्यास चार्ज सपोर्ट गर्नेछ । यस्तो ब्याट्रीले एकै चार्जमा दिनभर साथ दिने र पावर बैंकको झन्झटबाट छुटकारा दिलाउनेछ । यति शक्तिशाली ब्याट्रीका बाबजुद, यो फोन सिर्फ ७.७९ एमएमको अल्ट्रा–स्लिम प्रोफाइलमा आउने अनुमान गरिएको छ, जसले डिजाइन र शक्तिबीचको सन्तुलन कायम राख्नेछ । भिभो भी ५० लाइटमा मिडियाटेक डिमेन्सिटी ६३०० वा स्नापड्रागन ६८५ चिपसेट रहने अनुमान गरिएको छ, जसले गेमिङ गर्दा होस् वा मल्टिटास्किङ सहज अनुभव प्रदान गर्नेछ ।
साथै, यसमा कम्प्रिहेन्सिब कुसनिङ डिजाइन, एसजीएस ५ स्टार ड्रप रेसिस्टेन्ट र मिलेट्री ग्रेड सटिफिकेसनजस्ता टिकाउपन र सुरक्षा सुनिश्चित गर्ने विशेषता समावेश गरिएको छ । भिभो भी ५० लाइट ७.७९ एम एमको अल्ट्रा–स्लिम प्रोफाइलमा आउने कम्पनीले जनाएको छ । यसमा १२० हर्ज अल्ट्रा भिजन पि–ओलेड पञ्च–होल डिस्प्ले, अल्ट्रा–न्यारो बेजल्स र फ्ल्यागसिप लेभल फिनिस हुनेछ । एसजीएस लो ब्लु–लाइट सर्टिफिकेसनले आँखाको सुरक्षा सुनिश्चित गर्नेछ भने १८००–निट्सको पिक ब्राइटनेसले बाह्य उज्यालोमा पनि प्रष्ट दृश्य देखिनेछ ।
भिभो भी ५० लाइटमा ५० एमपी सोनी आई एम एस आठ सय ८२ मुख्य क्यामेरा रहनेछ, जसको औरा लाइट पोर्टेट सुविधाले कम उज्यालोमा पनि उत्कृष्ट तस्वीर खिच्न सकिनेछ । ३२ एम पी अल्ट्रा क्लियर फ्रन्ट क्यामेरा र एआई इमेज स्टुडियोमा रहेको एआई इरेज र एआई फोटो इनह्यान्सजस्ता स्मार्ट टुल्सले फोटो सम्पादनलाई अझ सहज बनाउनेछन् । भिभो भी ५० लाइटका यी सबै विशेषताहरूले नेपाली स्मार्टफोन प्रयोगकर्तामा उत्साह थपेको छ । यो फोनले शैली, शक्ति र स्मार्ट प्रविधिको त्रिवेणीको रूपमा नेपाली बजारमा नयाँ मापदण्ड स्थापना गर्ने अपेक्षा गरिएको छ ।