काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा तीन करोड ७९ लाख ३५ हजार चार सय १३ रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो मुनाफा ९८ लाख ५४ हजार ७७ रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी २४ करोड ६८ लाख ६५ हजार सात सय ३६ रुपैयाँ रहेको संस्थाले चालु आवको तेस्रो त्रैमासमा एक अर्ब १४ करोड ७७ लाख ४५ हजार पाँच सय ५३ रुपैयाँ निक्षेप संकलन गरी तीन अर्ब ६९ करोड ७३ लाख ५० हजार ४२ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा १८ करोड ९३ लाख ५४ हजार दुई सय ५८ रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थामा पाँच दशमलव ६६ प्रतिशत कर्जा निष्क्रिय रहेको छ भने स्प्रेडदर छ दशमलव ६२ प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले एक अर्ब नौ करोड ६५ लाख सात हजार नौ सय ६५ रुपैयाँ निक्षेप संकलन गरी तीन अर्ब ५७ करोड २० लाख २८ हजार दुई सय ३४ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा १२ करोड ७४ लाख ५७ हजार ६० रुपैयाँ कर्जा प्रवाह गरेको संस्थामा पाँच दशमलव ५४ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेडदर चार दशमलव ६५ प्रतिशत रहेको थियो ।