काठमाडौं । डोलेश्वर भिलेज रिसोर्ट एन्ड फार्म हाउस प्रालि र सिटिजन्स क्यापिटलबीच संस्थागत परामर्शसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतामा डोलेश्वर भिलेज रिसोर्ट एन्ड फार्म हाउस प्रालिका तर्फबाट अध्यक्ष रामनाथ मैनाली तथा सिटिजन्स क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरे ।
यस सम्झौतापश्चात सिटिजन्स क्यापिटलले रिसोर्टलाई प्रालिबाट पब्लिक कम्पनीमा रूपान्तरण गर्न तथा सार्वजनिक निष्काशन अनुमति लिन सम्पूर्ण तयारी कार्य परामर्श सेवाअन्तर्गत दिनेछ । २०७६ सालदेखि कारोबार सुरु भएको यस रिसोर्ट डोलेश्वर भक्तपुरमा १० रोपनी क्षेत्रफलमा फैलिएको छ । हाल यस रिसोर्टमा १५ वटा कोठाहरू छन् र सो संख्या वृद्धि गरी ३५ वटा कोठा पु¥याउने कार्य र स्वीमिङ पुल पनि निर्माणाधीन अवस्थामा रहेको छ ।