काठमाडौं । हेरिटेज एजुकेसनल सर्भिसेस प्रालिले काठमाडौंको बुढानीलकण्ठस्थित हात्तीगौँडामा रहेको आफ्नो प्रधान कार्यालयमा ‘ग्लोबल एडमिसन डे’ मनाएको छ ।
कार्यक्रममा बेलायत, अमेरिका, अस्ट्रेलिया, न्युजिल्यान्ड, जर्मनी तथा अन्य युरोपेली देशहरूका प्रतिष्ठित विश्वविद्यालयका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागी प्रतिनिधिले नेपाली विद्यार्थीलाई विदेशमा अध्ययनका अवसर, पाठ्यक्रम, छात्रवृत्ति, विद्यार्थी जीवन तथा भविष्यको करिअरका बारेमा परामर्श दिएका थिए । कार्यक्रममा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रममा, युडब्लुई ब्रिस्टलका एसिया प्यासिफिक क्षेत्रका प्रमुख केबिन डनले बेलायतको रोजगारीमुखी शिक्षा, अत्याधुनिक पूर्वाधार तथा उद्योगसँगको सशक्त सहकार्यलगायतका बारेमा जानकारी गराएका थिए ।
जर्मनीस्थित जिज्मा युनिभर्सिटी अफ एप्लाइड साइन्सका गोकुल क्षेत्रीले कम खर्चिलो र गुणस्तरीय शिक्षा प्रणाली, जर्मनीको अन्तर्राष्ट्रिय विद्यार्थीमैत्री वातावरण र अंग्रेजी माध्यममा हुने व्यवसाय तथा प्रविधि पाठ्यक्रमबारे जानकारी गराए । वेब्स्टर युनिभर्सिटी (अमेरिका) की प्रतिनिधि निशा भट्टराईले विश्वविद्यालयको लिबरल आट्र्स शिक्षाशैली, विविध संस्कृतिको क्याम्पस जीवन तथा विद्यार्थी केन्द्रित पाठ्यक्रमहरूबारे जानकारी दिइन् । कार्यक्रमले भर्ना प्रक्रिया, भिसा प्रक्रिया, छात्रवृत्ति र कोर्स छनोटका पक्षमा विद्यार्थी र अभिभावकलाई जानकारी प्रदान गर्न सफल भएको थियो ।