काठमाडा । साताको सुरुवाती कारोबार दिन आज आईतबार नैं शेयर बजार परिसुचक नेप्से खुम्चिएको छ । नेप्से परिसुचक आज दुई दशमलव ७९ अंकले ओरालो लागेर २६ सय नौं दशमलव शुन्य पाँच बिन्दुमा खुम्चिएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ८३ अंकले ओरालो लागेर चार सय ३८ दशमलव १७ बिन्दुमा खुम्चिएको छ ।
धितोपत्र बजारमा आज तीन सय नौ वटा कम्पनीहरुको ७९ हजार आठ सय ९३ पटक शेयर किनबेच भएको छ । जसबाट एक करोड ६९ लाख सात हजार तीन सय ३७ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम आठ अर्ब ५० करोड ९२ लाख २१ हजार तीन सय १२ रुपैंयाँ पुगेको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये होटल तथा पर्यटन, लघुवित्त र अन्य उपसमुहको सुचक ओरालो लागेका छन् भने बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा सहितका १० वटा उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।