रसुवामा ठूलो परिमाणमा सुन बरामद भएको छ । समाचार स्रोतका अनुसार स्याउ बोक्ने गाडीमा सात किलो ६५३ ग्रामको पहेँलो धातु प्रहरीले बरामद गरेको पाइएको छ । उक्त सुनलाई भन्सारमा पठाइएको छ । भन्सारले चेकजाच गरेपछि सुनको मात्र कति भन्ने यकिन गर्न सकिने छ । प्रहरीले सुन भेटिएको स्याउ सहितको गाडी र चालकलाई नियन्त्रणमा लिएको छ । उक्त घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।