काठमाडौं । सर्वोच्च अदालतले सिभिल सहकारीका संचालक एवं पूर्वसांसद इच्छाराज तामाङलाई थुनामा पठाउन आदेश दिएको छ । उच्च अदालतको आदेशलाई सदर गर्दै सर्वोच्चले उक्त फैसला गरेको हो । न्यायाधीश डा.नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको इजलासले तामाङलाई थुनामा पठाउने आदेश दिएको हो । तामाङले आफूलाई बेरितपूर्वक थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा निवेदन दिएका थिए ।