काठमाडौं । नेपालका लागि होन्डा गाडीको आधिकारिक विक्रेता स्याकार टे«डिङ कम्पनीले फ्रि सर्भिस क्याम्प र होन्डा इलेभेट गाडीको टेस्ट ड्राइभ आयोजना गरेको छ । कम्पनीले विराटनगर, धरान, इटहरी, दमक, बिर्तामोडलगायतका सहरहरूलाई लक्षित गरी विराटनगरस्थित होन्डा अथोराइज्ड सर्भिस सेन्टर सुबध अटो सर्भिस सेन्टरमा सो कार्यक्रम आयोजना गरेको हो । कार्यक्रम तीन दिनसम्म चलेको थियो । कार्यक्रममा कम्पनीले लेबर चार्जमा २० प्रतिशत, पार्टसमा सात प्रतिशत, ल्युबमा पाँच प्रतिशत छुट समेत दिएको थियो । साथै, २००१ मोडलदेखि २०१४ मोडलसम्मका कम्पनीले तोकिएका गाडीहरूमा होन्डा सेफ्टी रिकलअन्तर्गत फ्रिमा एयर ब्याग पनि परिवर्तन गरेको जनाएको छ । आगामी दिनमा पनि कम्पनीले आफ्ना ग्राहकलाई यस्तै प्रकारका सेवा प्रदान गर्ने जानकारी दिएको छ ।