काठमाडौं । लगातार ओरालो लाग्दै आएको शेयर बजार परिसुचक नेप्से उकालो लागेको छ । साताको दोस्रो कारोबार दिन आज सोमबार नेप्से परिसुचक १९ दशमलव ३० अंकले उकालो लागेर २६ सय २८ दशमलव ३६ बिन्दुमा चढेको हो । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव १५ अंकले उकालो लागेर चार सय ४२ दशमलव ३२ बिन्दुमा चढेको छ ।
धितोपत्र बजारमा आज तीन सय २४ वटा कम्पनीहरुको ७१ हजार दुई सय ८७ पटक शेयर किनबेच भएको छ । जसबाट एक करोड ६२ लाख पाँच हजार पाँच सय ५८ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम सात अर्ब ३५ करोड ८८ लाख ५५ हजार ८५ रुपैंयाँ पुगेको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये होटल तथा पर्यटन उपसमुहको सुचक ओरालो लागेको छ भने बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त सहितका १२ वटा उपसमुहहरुको सुचक उकालो लागेका छन् ।